विश्वकप फाइनलः न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै

एजेन्सी । विश्वकप क्रिकेटको फाइनलमा आज न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्डबीच उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ । क्रिकेटको ‘घर’ लर्ड्समा हुने फाइनल खेल नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।

पहिलो पटक दुवै टिम उपाधि जित्ने लक्ष्यमा हुनेछन् । योभन्दा अघि यी दुवै टिमले विश्वकप क्रिकेटको उपाधि उचाल्न सकेका छैनन् । विश्वकपको उपाधि जितेमा न्युजिल्यान्डले अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्नेछ । पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here