विश्वकप छनोटमा के भयो ?

एजेन्सी– विश्वकप २०१८ को छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनोटअन्तर्गत समूह ‘सी’ मा रहेको विश्व विजेता जर्मनीले सान मारिनोलाई ७–० ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन सान्ड्रो वाग्नरले ह्याट्रिक गरे । छनोट चरणमा अहिलेसम्म भएका सबै ६ खेल जितेको जर्मनी १८ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
समूह ‘सी’का अन्य खेलहरुमा नर्दन आयरल्याण्डले अजरबैजानलाई १–० ले हराउदा नर्वे र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् ।

विश्वकप छनोटअन्तर्गत गएराति भएको समुह ‘एफ’का खेलहरुमा पोल्याण्ड, डेनमार्क र मोन्टेनेग्रो विजयी भएका छन् । पोल्याण्डले रोमानियालाई ३–१ ले हराएको हो । यस्तै डेनमार्कले काजखस्तानलाई ३–१ ले हराँउदा मोन्टेनेग्रोले अमेनियायालाई ४–१ ले हराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here