विशेषज्ञ सेवा सहितको ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ शिविर सम्पन्न

खजुरा (बाँके),११ फाल्गुन
खजुरा गाउँपालिका अन्तर्गतको वार्ड नं १देखि८सम्म ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ शिविर गत फाल्गुन ३ गते बाट सुरु भई १० गते आज सम्पन्न भएको छ।शिविरमा सेवा लिन आएका जम्मा ११८९ ले सेवा लिएका छन्। जसमध्ये उच्च रक्त चाप को बिरामी १९ प्रतिशत, हाड जोर्नी का बिरामी १८ प्रतिशत,पेट सम्बन्धी बिरामी १४ प्रतिशत र मधुमेह ११ प्रतिशत तथा दम को बिरामी लगायतका समस्या देखिएको स्वास्थ कर्मी ले बताएका छन।शिविरमा क्यान्सर अस्पतालका खजुरा का डा. क्रिस्टिना नामोक श्रेष्ठ ,भेरी अस्पताल का डा. जेनिस न्यौपाने , डा.सुभास पौडेल , डा.विकास शाह,खजुरा स्वास्थ शाखा प्रमुख पूर्ण खड्का लगायतका टोली शिविर मा खटिएका हुन।समापन कार्यक्रममा बोल्दै खजुरा गा. पा . उप प्रमुख तथा प्रमुख अतिथि एक माया बि.क.ले डाक्टर बिरामी को मन सँग जोड्नु पर्ने बताईन्। बिरामी संग मिठो व्यवहार गर्न सुझाव दिएकी छिन्।भेरी अञ्चल अस्पताल का डा. जिनिस न्यौपाने ले शिविर अझ व्यवस्थित गर्नु पर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here