काठमाडौँ,२७पुस । विवेकशील साझा पार्टी दुई भागमा विभाजन भएको छ अर्थात फुटेको छ। रविन्द्र मिश्र र उज्जल थापा नेतृत्वमा चलिरहेको विवेकशील पार्टी आज फुटेको हो । नयाँ पार्टीको नेतृत्व उज्जल थापाले गरेका छन् ।
पछिल्लो समय विवादमा रहेको विवेकशील पार्टीका संयोजक समेत रहेका थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ बुँदै प्रतिवेदन बुझाएका थिए।
शुक्रबार पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । थापा नेतृत्वको विवेकशील नेपाली दल र मिश्र नेतृत्वको साझा पार्टीबीच २०७४ साउन ११ गते एकता भएको थियो ।

