विवेकशील साझाका संयोजक थापा सहित १० जना प्रहरी नियन्त्रणमा

काठमाडौं,१६ असारःमाइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने विवेकशील साझाका संयोजक सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्रमा धर्ना बस्न लागेका विवेकशील साझा पार्टीका संयोजक उज्वल थापासहित १० जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ। पक्राउ परेका उनीहरूलाई सिंहदरबार वृत्तमा राखिएको छ।

प्रदर्शनकारीहरू डा. गोविन्द केसी समर्थक समूहु को ब्यानरमा थिए। सरकारले साउन १ गतेदेखि विरोध प्रदर्शनका लागि निश्चित ठाउँ तोकेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here