विवाहित युवतीलाई ब्ल्याकमेलिङ गरेर रकम फुत्काउन खोज्ने युवक प्रहरी फन्दामा

काठमाडौं,६ जेठ ।  विवाहित युवतीलाई ब्ल्याकमेलिङ गरेर रकम फुत्काउन खोज्ने युवक प्रहरी फन्दामा परेका छन् ।   दैलेख घर भई वीरेन्द्रनगर, पिपिरा बस्दै आएका जीवन शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।   पीडितको जाहेरीका आधारमा प्रहरीले शाहीविरुद्ध सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाएको छ ।   प्रहरीका अनुसार ती युवतीको बिहेपुर्व जीवनसँग प्रेमसम्बन्ध थियो ।

उतिबेला मोबाइलबाट खिचेका तस्बिर युवतीका पतिलाई ‘फेक’ फेसबुक आइडीबाट पठाएपछि युवती तनावमा परेकी हुन् ।
जीवनले यसअघि पनि ब्ल्याकमेलिङ गर्दै एक लाख ८० हजार रुपैयाँ युवतीबाट असुलेको प्रहरीको भनाइ छ ।
पछिल्लोपटक युवतीसँग तीन लाख रुपैयाँ मागेका थिए । उनले रकम दिन इन्कार गरेपछि फेक फेसबुक आइडीबाट जीवनले वैदेशिक रोजगारीमा रहेका युवतीका पतिलाई अश्लिल भिडियो, तस्बिर पठाएका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले युवकविरुद्ध सार्वजनिक अपराध र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइने बताए । हाल प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको छ । आजको कान्तिपुरमा यो खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here