विला नामक आँधीका कारण खतरा

एजेन्सीः विला नामक आँधीका कारण मेक्सिकोमा उच्च सर्तकता अपनाईएको छ । १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको क्याटगोरी थ्रीको सो आँधी पश्चिम मेक्सिको पुगेको बीबीसीले उल्लेख गरेको छ । स्थानीयलाई तत्कालका लागी घर भित्रै रहन स्थानीय प्रशासनले आग्रह गरेका छन् ।

अमेरिकी आँधी मापन केन्द्रले समुन्द्रमा उच्च गति भएपनि सो आँधी जमिनमा ठोक्किए लगत्तै कमजोर हुने भएकाले तत्काल सुरक्षित स्थानमा जान नपर्ने जनाएको छ ।

यद्यपि, आँधी सँगैको वर्षाका कारण भने बाढि र पहिरोको उच्च जोखिम देखिएको मापन केन्द्रको भनाई छ ।  गत महिना पनि माइकल नामक आँधीका कारण मध्य अमेरिकी मुलुकमा २७ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here