विराट गोल्डकप फुटबल आजबाट

काठमाडौं,१७ चैत– विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । विराटनगरको सहिद मैदानमा दिवा रात्रि गरी दुवै समयमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मोरङ ११ र भुटानको थिम्पु क्लबबीच आज प्रतिष्पर्धा हुँदै छ ।
प्रतियोगितामा भारतको दुई, भुटानको एक र नेपालको सातवटा टोली गरी १० वटा टोलीको सहभागिता रहेको आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टोलीले १२ लाख ७१ हजार र उप–विजेता टोलीले ५ लाख ५१ हजार रुपैयाँ हात पार्ने छ । त्यस्तै म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here