विराटनगर-विराटचौक सडकखण्ड निषेधाज्ञा जारी

काठमाडाैं,१४ माघ ।  स्थानीय प्रशासनले मोरङको विराटनगर-विराटचौक सडकखण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा जारी गर्नु परेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयाे ।

विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको हो। यही विषयलाई लिएर जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक पनि विराटनगरमा बसेको छ। प्रजिअ केसीले बैठककै निर्णय अनुसार अर्को आदेश नभएसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयाे ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बारेमा प्रहरीले माइकिङ गरेर जानकारी गराइरहे पनि आक्रोसित स्थानीय बासिन्दाले उक्त क्षेत्र छाडन् मानिरहेका छैनन्। उनीहरुले निरन्तर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा टिपर आतंक रोक्नु पर्ने र टिपरलाई स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा संरक्षण गरिएको आरोप लगाइएको छ।

प्रजिअ केसीले निषेधित क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्न नपाइने बतानुभयाे । ‘कुनै पनि गतिविधि र क्रियाकलाप गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो। विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here