विम्स्टेकः परराष्ट्र सचिवस्तरीय १९ औं बैठक बस्दै, विगतको समिक्षा हुने

काठमाडौं,१२ भदौंः विम्स्टेकका सदस्य राष्ट्रका उच्च अधिकारीको बैठक आज बस्ने भएको छ । बहुपक्षीय प्राविधीक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक)को चौथो शिखर सम्मेलनको पुर्व सन्ध्यामा सम्मेलनमा भागलिन आएका सदस्य राष्ट्रका उच्च अधिकारी परराष्ट्र सचिवस्तरीय १९ औं बैठक आज हुने भएको हो ।

दिउँसो १ बजे तय भएको बैठकमा विभिन्न विषयमा छलफल हुने छ । बैठकमा विगतमा भएका काम तथा गतिविधीको समिक्षा,सम्मेलनमा प्रस्तुत हुने विषयहरुका प्राविधिक पक्षलगायत विषयमा छलफल र विगतमा भएका कामको समग्र पुनरावलोकन हुने परराष्ट्रका एक अधिकारीले बताए ।
बैठकले तय गरेका विषयवस्तुमा तथा समग्र दस्तावेजलाई बुधबार बस्ने पराराष्ट्र मन्त्रीस्तरीय बैठकमा छलफलकालागि प्रस्तुत गरिने छ । परराष्ट्र मन्त्रीस्तरीय बैठकबाट पारित विषयहरु शिखर सम्मेलनका क्रममा सरकार प्रमुख तथा राष्ट्र प्रमुख समक्ष प्रस्तुत हुने छ । विम्स्टेक बैठक यहि भदौं १४ र १५ गते दुई दिन चल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here