विमानास्थलका रेडयो अपरेटर श्रेष्ठ डेढ करोड धरौटीमा छुटे 

काठमाडौं,१७ चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानास्थलका रेडयो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठ डेढ करोड धरौटी रकम बुझाएर छुटेका छन्। गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा चलाइएका श्रेष्ठलाई विशेष अदालतमा ३३ किलो सुन तस्करीमा मुछिएपछि अख्तियारले उनको सम्मत्ति छानबिन थालेको थियो।

सुन तस्करिको मुद्दा भने जिल्ला अदालत काठमाडौं हुँदै सर्वोच्चमा विचाराधीन छ। धरौटीबापत् बैंक ग्यारेन्टी राखेर श्रेष्ठ तारेखमा छुटेका हुन्। श्रेष्ठ ३३ केजी सुन तस्करी प्रकरणको छानबिनमा तानिएका थिए।

श्रेष्ठले गैरकानुनी रुपमा १४ करोड ६१ लाख १४ हजार रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको आरोप अख्तियार लगाएको छ। गत माघ १५ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here