विमानस्थल स्तरोन्नतीकालागि ८ करोड निकासा

धनगढी,५ पुस–  धनगढी विमानस्थलको स्तरोन्नतीको बाटो खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको जग्गा अधिग्रहण गर्नका लागि अपुग रहेको रकम निकासा गरेसँगै स्तरोन्नतीको बाटो खुलेको खुलेको हो ।
प्राधिकरणले पुष १ गते जिल्ला प्रशासन कार्यालय कैलालीको खातामा जग्गा अधिग्रहणका लागि ८ करोड ११ लाख रकम पठाएको धनगढी विमानस्थका प्रमुख छवि ठकुल्लाले जानकारी दिनुभयो ।
धनगढी विमानस्थलमा अहिले बुद्ध, सौर्य, श्री एयरलाईन्स र नेपाल एयरलाईन्सका गरी काडमाण्ठडौं–धनगढी–काठमाडौ दैनिक पाँच उडान छन् ।

श्री एयरलाइन्सले बिहान र बेलुकी गरी दैनिक दुईवटा उडान भर्दै आएको छ । तर सामान्य तुँवालो लागेका बेला पनि धावनमार्गमा अवतरणका लागि असहजता हुने भएकाले हिउँदका बेला दैनिक जसो उडानहरु रद्ध हुँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here