विबाह समारोहमा आधीः २४ को मृत्यु

web

एजेन्सी– भारतको राजस्थानमा विवाह समारोह भइरहेको हलको पर्खाल भत्किँदा ५ बालबालिकासहित २४ जनाको मृत्यु भएको छ ।

गएराती राजस्थानको भरतपुर जिल्लामा तीव्र गतिमा चलेको हुरीका कारण विवाह समारोह भइरहेको हलको पर्खाल भत्किँदा २४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।
९० फिट लामो तथा १२ फिट अग्लो पर्खाल भत्किँदा ५ बालबालिका, ८ महिला र ११ जना पुरुष रहेका छन् । घटनामा २८ जना घाइते भएका छन् ।

भरतपुरको सिवर रोडमा रहेको एक हलमा विवाह समारोह भइरहेका बेला तीव्र गतिमा हुरी चलेपछि त्यसबाट बच्न मानिसहरु पर्खालको आडमा आएका थिए ।

त्यही बेला पर्खाल भत्किएकाले धेरै क्षति भएको हो ।
राजस्थानका मुख्यमन्त्री वसुन्धरा राजे सिन्धियाले घटनाप्रति दुःख व्यक्ति गर्दै घाइतेको उपचार गर्न निर्देशन दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here