विप्लव सिन्धुलीमा प्रकाण्ड दाङ जंगलमा,सुरक्षा पहँुचभित्र रहेको दाबी

काठमाडौँ, ४ चैत:विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहँुचभित्र नै रहेको दाबी गरेको छ ।

हाल सिन्धुलीमा रहनु भएका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र उहाँले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहनुभएको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्च स्रोतले जानकारी दिएको छ ।

केही दिनदेखि सिन्धुलीको कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । उहाँहरुको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जनाकारी दिएको छ । नेपाल समाचारपत्रमा  समाचार छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here