विप्लव माओवादीको नेपाल बन्द, कति प्रभाव ?

काठमाडौं,२८ फागुन–  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यका सहित देशभर सामान्य प्रभाव परेको छ । भारतीय सिमा सुरक्षा बल एसएसबी चलाएको गोली लागि कञ्चनपुरका गोविन्द गौतमको हत्या भएको विरोधमा माओवादीले आज नेपाल बन्द आह्वान गरेको हो । प्रहरीका अनुसार काठमाडौमा बन्दको सामान्य प्रभाव परेको छ । बजार आशिंक रुपमा खुलेको छ भने सवारी साधन अन्य दिनको तुलनामा न्यन संख्यामा मात्रै संचालनमा आएका छन ।
यसैबिच– चन्द माओवादीका कार्यकर्ताले आज बिहानै कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन्। यूपी ६५ एएम ०६५७ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन् । बन्दमा हुन सक्ने अप्रिय घटना हुन नदिन बिहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उता सुदुर पश्चिमका जिल्लाहरुमा बन्दले जनजीवन प्रभावित भएको छ । कञ्चनपुर र कैलालीमा विप्लवका कार्यकर्ताहरु बन्द गराउदै सडकमा जम्मा भईरहेको छन ।
विप्वल माओवादीले भारतीय सुरक्षाकर्मीले आततायी ढंगबाट नेपाली नागरिकको हत्या गरेकाले त्यसको विरोधमा आज नेपाल बन्द आह्वान गरेको हो ।
यसैबिच– यस्तै फलफूल बोकेर दाङको तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ४०–४४२४ नम्बरको मिनी ट्रकमा गएराति तुलसीपुरको रानीघाट खोलामा आगजनी भएको छ ।  अज्ञात समूह आगजनी गरेर भागेको र उनीहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here