विप्लवलाई शान्ति प्रक्रियामा ल्याउने जिम्मा सरकारकोः काँग्रेस नेता निधी

चितवन,१९ असार ।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने दायित्व सरकारको भएको बताउनुभएको छ ।

प्रेस न्युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले विप्लव समूहलाई वार्ताको माध्यमबाट शान्तिपुर्ण बाटोमा ल्याउन सरकारले समयमै पहल गर्नुपर्ने बताउनुभयो ।

विगतमा तत्कालीन माओवादीलाई पनि वार्ताकै माध्यमबाट शान्तिप्रकृयामा ल्याएको बताउदै उपसभापति निधिले विप्लव पनि हिंसा त्यागेर आउनुपर्ने धारणा राख्नुभयो । निधिले सरकारले एकपछि अर्को गर्दै संविधान र संघियताविरोधि काम गरीरहेको आरोप लगाउनुभयो ।

उहाँले गुठी विधेयक, मिडीया काउन्सील विधेयक, चिकित्सा विधेयकलगायतका विवादास्पद विधेयकहरु ल्याइरहेकाले पनि सरकार संविधान र संघियताको विरोधमा अघि बढेको पुष्टि हुने निधिको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here