विप्लवका १७ कार्यकर्ता रिहा

काठमाडौं,१४ चैत । सिन्धुपाल्चोकबाट गत महिना पक्राउ परेका १७ जना विप्लव माओवादी कार्यकर्तालाई रिहा गरिएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकले नेत्रविक्रम चन्द ‘विप्लव’ का १७ कार्यकर्तालाई रिहा गर्न आदेश दिएको थियो । उनिहरुलाई प्रहरीले फागुन १७ गते साँगाचोकको कार्कीटारबाट पक्राउ गरेको थियो ।
जिल्ला न्यायाधीश टिकाराम आचार्यको इजलासले उनीहरुमध्ये केहीलाई धरौटीमा र केहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले राजद्रोह मुद्दा लगाएका १७ जनालाई मुद्दाको पुर्पक्षको लागि धरौटी र सामान्य तारेखमा अदालतले रिहा गर्न आदेश दिएको हो । उनीहरुमध्ये तीन जना किशोरीलाई साधारण तारेखमा रिहा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here