विप्लवका तीन कार्यकर्ता पक्राउ, चैत १६ गते नेपाल बन्दको घोषणा !(विज्ञप्ती सहित)

काठमाडौं,११ चैत । प्रहरीले म्याग्दीबाट विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। बिगतमा भएका तोडफोडमा सक्रिय रहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट दरवाङबाट खटि गएको संयुक्त प्रहरी टोलीले नेकपा विप्लव समूहका जिल्ला जनसरकार संयोजक जगेन्द्र बहादुर पुन सहितका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैईरहको जनाएको छ।

पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका–६ दरवाङ का २८ वर्षीय रमेश पुन र सोही वडाका वर्ष २८ को रमेश पुन रहेका छन् । यसैबीचः सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली लगायत नेता कार्यकर्ताको गिरफतारीपछि उक्त पार्टीका महासचिव विप्लवले सोमबार वक्तव्य जारी गरी त्यस्तो चेतावनी दिएका हुन्। चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने चेतावनी दिएका हुन्। आफ्ना नेता कार्यकर्ताहरु गिरफ्तारी गरेको भन्दै विप्लव नेकपाले १६ गते नेपाल बन्दको आयोजना गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here