विपद् व्यवस्थापनका लागि एकीकृत नीति निर्माण हुन्छः मुख्यमन्त्री राउत

जनकपुरधाम, २८ साउन:प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार विपद् व्यवस्थापनका लागि एकीकृत नीति निर्माणको गृहकार्य गरिरहेको बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषाद्वारा आज यहाँ आयोजित प्रदेश स्तरीय विपद् प्रतिकार्य योजना विषयक गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री राउतले एकीकृत योजनाको अभावले विपद् व्यवस्थापनको कार्य प्रभावकारी हुन नसकेको चर्चा गर्दै एकीकृत नीति निर्माणपछि विपद् व्यवस्थापनको कार्य प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

विगतमा विपद् व्यवस्थापन सन्दर्भमा आएका राहत सामग्रीको वितरण कार्य सन्तोषजनक हुन नसकेको उल्लेख गर्दै उहाँले भएका कानूनलाई व्यवहारमा ल्याउन नसक्नु सम्बन्धित निकायको ठूलो कमजोरी रहेको धारणा व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here