विनाशकारी भुकम्प गएको आज ४ बर्ष पूरा, वसन्तपुमा हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री

काठमाडौं,१२ बैशाख ।  नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज ४ बर्ष पूरा भएको छ । ४ बर्ष अघि आजैको दिन २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको मृत्युभएको थियो । त्यहि दिनको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरिदै छ ।
वैशाख १२ गतेको भूकम्पबाट नेपालको १४ जिल्ला अतिप्रभावित बनेको थियो । त्यसको प्रत्यक्ष असर ३१ जिल्लामा पनि परेको थियो । नीजि घर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएको थियो ।
यसैबीचः भूकम्पको चौथो स्मृति दिवसका अवसरमा बसन्तपुरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

काठमाडौको बसन्तपुरमा ११ बजेर ५६ मिनेटमा भूकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली सभा आयोजनाको आयोजना गरिएको हो । श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम रहेको छ । सभापति प्रधानमन्त्री ओलीले त्रिपुरेश्वरमा रहेको त्रिपुरासुन्दरी मन्दिर काष्ठमण्डपको पुनर्निर्माणको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here