विधेयकलाई विवादको विषय बनाउनु हुँदैनः सभामुख

दाङ, २० माघ। सभामुख कृष्णबहादुर महराले संसदबाट प्रक्रिया पु¥याएर पारित भएको चिकित्सा शिक्षा विधेयकलाई आन्दोलनको विषय बनाउन नहुने बताउनुभएको छ ।

दाङको टरिगाउँ विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा सभामुख महराले प्रक्रिया पु¥याएर पारित भएको विधेयकलाई कसैले पनि आन्दोलनको विषय बनाउन नहुने धारणा राख्नुभयो ।

प्रतिपक्षको सहमतिमा संसदीय समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसद्मा पनि असहमति जनाएको भए पुग्नेमा सदनमै अवरोध गराउन खोज्नु गलत भएको उहाँको भनाइ थियो ।

सभामुखले चिकित्सा शिक्षा विधेयक आन्दोलनको विषय बनाउनु प्रतिपक्षले राजनीति गर्न खोज्नु मात्रै भएको धारणा व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा सभामुख महराले कर्मचारीकै कारण दाङको टरिगाउँ विमानस्थलमा अस्थायी इन्धन डिपो आउन ढिलाइ भएको बताउनुभयो । विमानस्थलमा टर्मिनल भवन निर्माणको प्रक्रिया पनि अघि बढिसकेको र छिटै नै भवन निर्माणको काम शुरु हुने उहाँको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here