काठमाडौँ, ८ भदौ: विधान मस्यौदा समितिको सदस्यता विवादका कारण कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेन । विहान ११ बजे बोलाइएको बैठकका लागि पार्टी कार्यालय पुगेका नेताहरु दिनभर गफ गरेर अपराहृन चार बजे फर्किए ।
पदाधिकारी र केही प्रभावशाली नेताहरु भने दिनभर जस्तै अनौपचारिक कुराकानीमा थिए । स्रोतका अनुसार बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मस्यौदा समितिमा एकलौटी गरेको आरोप लगाए । ९ सदस्यीय समिति बनाउने भनिएपनि सभापति शेरबहादुर देउवाले ११ सदस्यीय बनाएकोमा उनको आपत्ति थियो ।

