विद्यार्थीको शव निकाल्न सेना परिचालन

सल्लेरी, २० साउन: गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ ।
“हिम तालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ”, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भन्नुभयो, “कुनै पनि उद्धारको सामग्री नहुँदा शव निकाल्न समस्या भएको हो ।”

“खुम्जुङ प्रहरी चौकीबाट करीब दुई दिन पैदल हिँडेर पुगिने सो स्थानमा शनिबार हेलिकप्टरमार्फत केही स्थानीय सहितको प्रहरी टोली त गयो तर थप टोली पठाउन हेलिकप्टर भए पनि प्रतिकूल मौसमका कारण अवतरण हुन सकेन ।” उहाँले भन्नुभयो, “आज थप टोली गएको छ, उद्धार गर्न सकिन्छ कि भन्ने आशा छ ।”

नेपाली सेनाको टोली परिचालन 

डुबेका विद्यार्थीहरुको उद्धारका लागि आज बिहान सेनाको टोली पनि गोक्यो प्रस्थान गरेको प्रहरी निरीक्षक राईले जनाकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here