काठमाडाैं, २० माघ – नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण उपयुक्त समयमा नभएको टिप्पणी गर्नुभएको छ ।
गोरखा सदरमुकाममा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले स्वराजको भ्रणमले झन् अविश्वास बढाएको बताउनुभएको हो । पुरानो सरकार बिदा भएर नयाँ सरकार बनाउने बेला छिमेकी मुलुकको विदेशमन्त्रीले भ्रमण गर्दा अनावश्यक राजनीतिक अर्थ लागेको भन्दै उहाँले बेमौसमको भ्रमणले झन् अविश्वासको वातारण बढाउने जिकिर गर्नुभयो ।
देशलाई समृद्धिको बाटोमा अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभएको छ ।
गोरखाको विकास निर्माणको नेतृत्व आफू गर्ने भन्दै उहाँले छुट्टाछुट्टै विचार र पार्टी भए पनि विकास निर्माणमा एक भएर अघि बढ्ने बताउनु भएको छ । गोरखा उद्योग वाणिज्य संघको १५ औं अधिवेशनको उद्घाटन गर्न डा. भट्टराई सदरमुकाम पुग्नुभएको हो ।

