काठमाडौं, २५ बैशाख– नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी हुने तयारीमा जुटेको छ । विजय कुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले सरकारमा सहभागी हुने विषयमा टुंगो लगाउन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
पार्टी कार्यालय तिनकुनेमा बिहान ११ बजे देखि जारी बैठकमा सरकारमा सहभागी हुने विषयमा टुंगो लगाइने फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले जानकारी दिनुभयो।
चौधरीले सरकारले संविधान संशोधन, प्रदेशको सीमाकंन, स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सुनिश्चितता र टिकापुर घटनामा बन्दी बनाइएकाहरुको रिहाई तथा घटनाका पीडितहरुलाई क्षतिपूर्ति दिनेबार सरकारले स्पष्ट खाका प्रस्तुत गरे आजै सरकारमा सहभागी हुन सक्ने बताउनुभयो ।
चौधरीले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग चारवटा मन्त्रालय माग गरेको जानकारी दिनुभयो । लोकतान्त्रिक फोरमले उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकाससहित चार मन्त्रालय पाउनु पर्ने माग अघि सारेकोछ ।

