विजयी जुलुसमा गोली चल्यो, स्थिति तनाव ग्रस्त

काठमाडौं,२४ मंसिर– रौतहटमा विजयी जुलुस निकाल्दा स्थिति तनावग्रस्त भएको छ । भने तीन राउण्ड गोली प्रहार भएको छ । रौतहटको राजपुर भन्ने ठाउँमा प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको जनाएको छ ।

नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो । रौतहटमा संघीय समाजवादी फोरमले जीत पछि र्याली निकाल्दा झडप भएको हो ।

नेपाली कांग्रेसका पराजित उम्मेदवारको घर अगाडि जुलुस निकाल्दा झडप भएको बुझिएको छ । यस्तै वनसरी क्षेत्रमा पनि झडप भएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here