विखण्डनकारीसंगको सम्झौता आफुहरुलाई मान्य नहुनेः यादव

काठमाडौं,२६ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले विखण्डनकारीसंगको सम्झौता आफुहरुलाई मान्य नहुने बताउनुभएको छ ।

प्रतिनिधीसभाको आजको बैठकमा बोल्दै नेता यादवले सरकारले सिके राउतसँग सम्झौता गरी देशमा द्वन्द्व ल्याउन खोजेको आरोप लगाउनुभयो ।

उहाँले विखण्डनको मुद्दा बोकेका राउतसँग सरकार सम्झौता गरेर ठुलो भुल गरेको दावी गर्नुभयो । उहाँले ‘स्वतन्त्र मधेश गठबन्धनसँग गरेको सम्झौता स्वागत योग्य छ । तर, विखण्डनकारीसंगको सम्झौता आफुहरुलाई मान्य नहुने उल्लेख गर्नुभयो ।
उहाँले जनमत संग्रहको बारेमा जनतालाई जानकारी गराउनु पर्ने भन्दै मधेशको नाममा उठेका माग सहि सम्बोधन भएन भने भोलि अन्यत्र पनि उठ्नसक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो वर्तमान सरकार द्धन्द्ध निम्त्याउन खोज्दै छ ।

उहाँले मधेशी तथा जनजातिले आफ्ना हकअधिकारका सवालमा माग राख्दा विखण्डनको दृष्टिकोणबाट हेर्ने शैली परिर्वतन हुनुपर्नेमा बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here