विकासका लागि नगरपालिकाबीच समन्वय

भक्तपुर, २१ असार- जिल्लाको छिटो विकास गर्न र ठूला आयोजना सम्पन्न गर्न सबै नगरपालिकाबीच समन्वय गर्नुपर्ने सांसद तथा विज्ञले जोड दिनुभएको छ ।

क्रियाशील पत्रकार मञ्च, भक्तपुरले नगरकोटमा आयोजना गरेको ‘जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि एवं भक्तपुरको विकासमा नगरपालिकाको समन्वय’ विषयको दुईदिने अन्तरसंवाद कार्यक्रममा सांसद महेश बस्नेतले जनप्रतिनिधिले नेतृत्व, संगठन, विधि तथा प्रक्रियालाई मानेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

जिल्लाको विकासमा नगरपालिकाबीच समन्वय हुन नसके ठूला विकासका आयोजनामा प्रभाव पर्ने बताउँदै उहाँले आवश्यक परे ऐन, नियम, कानून सच्याएर जान सकिने छ भन्नुभयो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले उत्पादनमुखी, ठूला र राम्रा कार्यक्रम नगरपालिकाबीच समन्वय गरेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका नगरपालिकाले अन्तरनगरपालिका सम्बन्ध विस्तार गर्दै साझा लगानीमा ठूला उत्पादनमुखी विकासका कार्य गरे सरकारले ५० प्रतिशतसम्म अनुदान दिन्छ, यसका लागि यहाँका सबै नगरपालिका मिलेर संयुक्त समिति बनाएर अगाडि बढे विकासले गति लिन्छ ।”

एउटा नगरपालिकामा आएका पर्यटकले सबै नगरपालिका घुम्ने गरी पर्यटकीय विकासको कार्यक्रम बनाएर साझा कार्यसूचीका साथ नगरपालिका अगाडि बढे सरकारले सघाउने आश्वासन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here