विकासकालागि सिँचाइ र ऊर्जाःमन्त्री पुन

भक्तपुर, २३ असार- ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशमा सिँचाइ र ऊर्जाको विकास भए सहज रुपमा विकास हुने बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिकाको तेस्रो नगरसभाबाट पारित आब २०७५÷७६ को नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रममा उहाँले सिँचाइ र ऊर्जा विकासका लगानी बढाएको बताउनुभएको हो ।

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र जनताको घरघरमा विद्युतीय चुलो र सवारी साधन पु¥याउने लक्ष्य लिएको उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here