वासिङ्टन डिसीमा अचानक बाढी

एजेन्सी ।  अमेरिकाको वासिङ्टन डिसीमा अचानक आएको बाढीले जनजीवन प्रभावित पारेको छ । एक्कासी आएको बाढीले सहर डुवानमा परेपछि आवतजावत गरिरहेकाहरु जोखिममा परेका थिए ।

ठूलो वर्षासहित आएको बाढीले कतिपय ठाउँमा सडक अबरुद्ध भएको थियो भने चालक बीच बाटोमै फसेका थिए । कतिपय भूमिगत रेलमार्गमा खतरनाक डुवानको स्थिति देखिएको थियो ।

अन्डरपास गर्ने मार्गहरुमा २ मिटरसम्म पानी जमेपछि केही चालकलाई उद्धार गरेर बाहिर निकालिएको अधिकारीहरुले जनाएका छन् । बाढीका कारण राष्ट्रपति कार्यालय ह्वाइट हाउससमेत प्रभावित बनेको थियो । नेसनल आर्काइभ्स भवनमा पानी परेपछि बिजुली आपूर्ति अवरुद्ध भएको थियो ।

तर त्यहाँ राखिएका ऐतिहासिक अभिलेखहरु भने सुरक्षित रहेको बताइएको छ । मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ । प्रहरीले मानिसलाई बाढी पसेका सडकमा नआउन सचेत गराएको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here