वाम गठवन्धनको चुनावी अभियान सुरु, आज ताप्लेजुङमा अन्त्य दार्चुलामा

काठमाडौं,१९ कार्तिक– प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी कम्यूनिष्ट गठवन्धनले संयुक्त चुनावी सभा शुरु गरेको छ ।

आज पूर्वको ताप्लेजुङबाट शुरु भएको सभा आगामी २६ गते पश्चिमको दार्चुला पुगेर समापन हुनेछ ।
एमाले र माओवादीको पार्टी एकताको सन्देश दिन र आगामी चुनावमा वाम गठवन्धनलाई जिताउन ताप्लेजुङ–दार्चुला अभियान शुरु गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत बिभिन्न जिल्लाहरुमा हुने सभालाई एमाले र माओवादीका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।
एमाले र माओवादीको पार्टी एकता संयोजन समितिले चुनाव प्रचार लगायतका कार्यक्रम संयुक्तरुपमा गर्न पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।

सोही निर्देशनअनुसार सबै जिल्ला र क्षेत्रहरुमा एमाले र माओवादीले संयुक्त प्रचार समिति गठन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here