वाम गठबन्धन र फोरमको सहमतिले आज औपचारिकता पाउने

काठमाडौं, २३ फागुन – वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालबिचको सरकारमा सहभागिताका लागि भएको राजनीतिक सहमतिले आज औपचारिकता पाउने भएको छ । वाम गठबन्धन र फोरमबिच दुई मन्त्रालय लिएर फोरम सरकारमा सहभागी हुने सहमति जुटेको छ ।

त्यसैका आधारमा फोरमले पार्टीको केन्द्रीय बैठक माफर्त आफू सरकारमा जाने औपचारिक निर्णय समेत गरिसकेको छ । एमाले नेता सवासचन्द्र नेम्वाङका अनुसार आज सहमति पत्रमा हस्ताक्षर हुने भएको छ । तर राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ता लगायतका महत्वपूर्ण कार्यक्रम बुधबार नै परेकाले वाम गठबन्धन र फोरमबिच सहमतिपत्रमा हस्ताक्षर हुने संभावना भने कम छ ।

उपसभामुख, तीनवटा मन्त्री र एक राज्य मन्त्री पाउनुपर्ने आफ्नो पूर्वअडानबाट फोरम पछि हटेपछि गठबन्धनसँग सहमति जुटेको हो । फोरमले संविधान संसोधन हुनु पर्ने आफ्नो माग भने यथावत रहेको र संवोधनका लागि संसद बैठक मार्फत दवाव दिन सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here