वाम गठबन्धन एकता हुन नसके कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुन्छः वामदेब गौतम

काठमाडौं, २१ माघः नेकपा एमालेका उपाध्यक्ष वामदेब गौतमले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन नसके कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने चेतावनी दिनुभयो ।
काठमाडौंमा प्रेस चौतारी नेपालको २० औं स्थापना दिवससम्बन्धी कार्यक्रममा गौतमले एमाले र माओवादी केन्द्रको पार्टी एकता नचाहने तत्वहरु एकता भाँड्न जुटिरहेको आरोप समेत लगाउनुभयो ।
उपाध्यक्ष गौतमले प्रक्रिया फरक रहे पनि मार्क्स र लेनिनले विकास गरेको समाजवादमा रहेर देश निर्माण हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here