वाम गठबन्धनले आफ्नो घोषणा पत्रमा भन्यो कुनदल कस्तो ?

annpurna online

काठमाडौं,३१ असोज–एमाले-माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ ।

गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले-माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन् ।

गठबन्धनले कांग्रेस नेतृत्वले अहिलेको संविधानको अन्तरवस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न र सही ढंगले कार्यान्वयन गर्न नसक्ने भन्दै कांग्रेसमाथि चुनावी अभियानक्रममा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत दुवै पार्टीका नेता सम्मिलित कार्यदलले घोषणापत्रलाई अन्तिम रूप दिएको हो । वाम गठबन्धनले आफ्नो घोषणापत्रमा दलहरुलाई यसरी विश्लेशन गरेको छ ।

कुन पार्टी कस्तो ?

कांग्रेस 

यथास्थितिवादी, भ्रष्टाचारको पर्यायवाची । बचेखुचेको उदार समान्तवर्ग र राष्ट्रिय पुँजीपतिवर्गको प्रतिनिधि । संविधानको अन्तर्वस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न नसक्ने । कैयौं राष्ट्रघाती सन्धि-सम्झौता गरेका कारण स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न नसक्ने । राष्ट्रिय स्वाधीनताको सवालमा ढुलमुले ।

राप्रपा समूह

‘प्रतिगामी, दक्षिणपन्थी, निरंकुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थामा सत्ताभोग गर्ने पञ्चहरूको पार्टी । मूलतः अवशेषका रूपमा रहेको सामन्तवर्गको कट्टरपन्थी हिस्साको प्रतिनिधि । गणतन्त्र र संघीयताविरोधी तथा राजतन्त्र र एकात्मक सत्ताको पक्षपाती ।

राजपा

राष्ट्रिय आत्मसमर्पणवादी । सामन्तवादका अवशेष र दलाल पुँजीपतिवर्गको प्रतिनिधि । राष्ट्रिय आत्मसमर्पणवादी एवं दलाल नीतिको पक्षपोषक । गरिब तथा श्रमिकमुखी सामाजिक-आर्थिक रूपान्तरणको विरोधी । राष्ट्रिय स्वाधीनता, राष्ट्रहित एवं राष्ट्रिय एकता कमजोर पार्न सक्रिय ।

संघीय समाजवादी

राजपाको प्रवृत्तिभन्दा पृथक् । मधेसलाई मुख्य कर्मथलो बनाउँदै देशका अन्य भागमा पनि संगठित हुने कोसिस गरिरहेको पार्टी । मिल्ने मुद्दामा सहकार्य गर्न सकिने ।

अन्य शक्ति

ध्रुवीकरण र सहकार्यमा ल्याउनुपर्ने शक्ति । साना कम्युनिस्ट जडसूत्रीय संकीर्णतावादी, आत्मकेन्द्रित गुटबन्दी प्रवृत्तिका । ती प्रवृत्तिको आलोचना गर्दै एकता, ध्रुवीकरण र सहकार्यमा ल्याउन प्रयत्न गर्नुपर्ने शक्ति । आजको अन्नपूर्णमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here