वाम गठबन्धनलाई दुई तिहाइ बहुमत ल्याउन कसैले रोक्न नसक्नेः अध्यक्ष दाहाल

चितवन,१२ मंसिर–  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो निर्वाचनमा कम्युनिष्ट गठबन्धनलाई दुई तिहाइ बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताउनु भएको छ ।
आज चितवनको भरतपुर महानगरपालिका वडा नं २७ पर्साढापमा आयोजित चुनावी सभामा उहाँले मंसिर १० मा भएको निर्वाचनमा कम्युनिष्ट गठबन्धनको पक्षमा दुई तिहाइ मत खसेको दाबी गर्नुभएको हो ।
कम्युनिष्ट गठबन्धनका तर्फबाट चितवन निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार समेत रहनु भएका दाहालले मंसिर २१ मा हुने निर्वाचनमा पनि गठबन्धनका पक्षमा दुई तिहाइ मत खस्ने दावी गर्नुभयो ।

उहाँले कम्युनिष्टको गठबन्धनले बिपक्षि हरु आत्तीएको समेत उल्लेख गर्नुभयो । साथै उहाले अब राजनितिक स्थायीत्व हुने र बिकास निमार्ण अगाडि बढ्नेमा समेत जनाउनुयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here