काठमाडौं,२ कार्तिक– नेकपा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा क्षेत्र बाँडफाँड र सिट संख्याको आज टुंगो लगाउने नेताहरुले बताएका छन् ।
हिजोसम्म कुन दलले कुन कुन जिल्लाको क्षेत्र लिने भन्ने बारेमा व्यापाक छलफल गरी अन्तिम चरणमा पु¥याएकाले आज दिनभरिमा टुंगो लाग्ने एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । त्यसका लागि पार्टीको आन्तरिक र गठबन्धनको बैठक बस्ने भएको छ ।
प्रत्यक्षतर्फ पार्टीले कहाँ कति लिने भन्ने टुंगो लागेपछि समानुपातिकतर्फको नामलाई अन्तिम रुप दिने तयारी एमालेले जनाएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पनि छलफल अन्तिम चरणमा पुगिसकेकाले आज अथवा भोलिसम्ममा टुंगो लागिसक्ने बताउनुभयो ।
दलहरु अहिले पहिलो चरणमा चुनाव हुने जिल्ला र क्षेत्रका लागि उम्मेदवारी टुंग्याउने गृहकार्यमा लागेका हुन । वाम गठबन्धनको घोषणा गरेसँगै दुवै दल उम्मेदवारको टुंगो लगाउने छलफल थालेको र त्यसको लागि कार्यदल पनि बनाइएको छ ।

