नुवाकोट,२२ मंसिर– प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नुवाकोटमा वामगठबन्धका उम्मेदवारले अग्रता लिएका छन् ।
हिजो बाट सुरु भएको मतगणनाको शुक्रबार बिहान सम्मको परिणाममा प्रतिनिधि सभा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ तीन हजार ३३३ मतको साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले दुई हजार ८७१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा तीन हजार ७० मतको साथ अग्रस्थानमा हुनुहुन्छ ।
भने कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले एक हजार ९७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिृकत लोकजङ्ग शाहले जानकारी दिनुभयो ।

