काठमाडौं,२५ माघ– नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका विषयमा आज पार्टी एकता संयोजन समितिको बैठकमा छलफल हुने भएको छ।
पछिल्लो समय एकता प्रयास भंग हुने स्थितिमा पुगेकाले यो बैठकलाई निर्णायक छलफलका रूपमा लिइएको छ। अन्तिम प्रयासस्वरुप आज पार्टी एकता संयोजन समितिको बैठक बसेर छलफल हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ। छलफलको समय भने तय भएको छैन।

