वामले हार्नुपर्छ भन्नु वैचारिक दरिद्रताः प्रदीप ज्ञवाली

काठमाडौं,३ मंसिर– नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले स्थापनाकालदेखि नै नेपालका कम्युनिष्टले लोकतन्त्रका लागि संघर्ष गर्दै आएकाले वाम गठबन्धनले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रता भएको बताउनुभएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नं १ को निर्वाचन प्रचारमा रहेका ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टीको जन्म नै राणाशासनको अन्त्यका लागि संघर्ष गर्ने लक्ष्यका साथ भएको बताउनु भयो ।
ज्ञवालीले पञ्चायत विरोधी आन्दोलनमा लाग्दा आफ्ना पार्टीका कतिपय नेता डेढ दशकसम्म कारागारमा बस्न बाध्य भएको स्मरण गर्दै आफूहरूले गरेको दृढताको प्रदर्शनलाई कमजोर नठान्न आग्रह पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here