वातावरण परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी दायित्व-मन्त्री शक्तिबहादुर बस्नेत

काठमाडौँ, २७ वैशाख– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका लागि बेलायती राजदूत रिजर्ड मरिससँग आज भएको भेटमा नेपाल वातावरण परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी दायित्व वहन गर्न आफ्नातर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको स्पष्ट पार्नुभएको छ ।

सिंहदरबारमा आज भएको भेटमा उहाँले भन्नुुभयो, “विश्व समुदायको एक हिस्साको हैसियतमा वातावरणीय प्रदूषण नियन्त्रण र त्यसबाट पर्ने प्रभाव कम गर्नका लागि आफूले खेल्नुपर्ने भूमिकाका बारेमा नेपाल स्पष्ट छ ।”

सो अवसरमा राजदूत मरिसले नेपालको वन तथा वातावरण संरक्षणका क्षेत्रमा यसअघि गर्दै आएको सहयोगलाई बेलायतले यस वर्ष पनि जारी राख्ने जानकारी दिँदै वन्यजन्तु तस्करी नियन्त्रणमा काम गर्ने आफ्नो सरकारको चाहना रहेको अवगत गराउनुभयो । साथै उहाँले मन्त्री बस्नेतलाई बेलायत भ्रमणको निम्तोसमेत दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here