वाइड बडी जहाजले अब दैनिक १६ घण्टा उडान भर्ने

काठमाडौँ, १० मङ्सिर । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियाको अनियमितबारे सर्बत्र चर्चा पाइरहेका बेला निगम स्वयंले भने आन्तरिक व्यवस्थापन र सेवा सुदृढीकरणलाई युद्धस्तरमा अघि बढाएको जनाएको छ ।

जहाज किन्दा सार्वजनिक खरीद व्यवस्था र निगमको विनियावली विपरीत गरेको भन्दै खरीद प्रक्रियामा आशङ्का उब्जिएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तालुकदार मन्त्रालय र निगम पदाधिकारीसँग छलफल गरिसकेको छ ।

महालेखा परीक्षकको ५५ वार्षिक प्रतिवेदनले जहाज खरीद प्रक्रियामा त्रुटी औंल्याएपछि पछिल्लो समय यो विषय सडकदेखि संसदीय समितिमा पुगेको छ । जहाज खरीद प्रक्रियामा कुनै खोट नभएको निगमका अधिकारीले स्पष्टीकरण दिएका छन् ।

झण्डै एक महीनादेखि सञ्चार माध्यमले निगमको जहाजबारे विभिन्न समाचार सम्प्रेषण गर्दै आएका छन् । निगमले हालै श्वेतपत्र जारी गरी उच्च वित्तीय जोखिममा परेको जनाएको थियो ।

निगमको कूल कर्जा रु ३९ अर्ब ३८ करोड र सम्पत्ति करीब रु ५० अर्ब रहेको छ । निगमले जहाज खरीद गरेबापत रु एक अर्ब १३ करोड त्रैमासिकरुपमा ब्याज तिर्दै आएको छ ।

जहाज खरीद प्रक्रियामा अनियमतताको आशङ्का, व्यावसायिक योजनाको अभाव, जहाज ‘ग्राउण्डेड’ गरेको आदि विषयमा निगमको चर्को आलोचना भइरहेको छ । यता दुई वाइड बडी ए ३३०–२०० जहाजको नयाँ गन्तव्य विस्तार तथा प्रभावकारी बजारीकरणका लागि योजनाबद्ध कार्यक्रम बनाइएको निगमका पदाधिकारीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here