वाइडबडी प्रकरणमा मेरो संलग्नता छैनः देउवा

काठमाडौँ,३०पुस । वाइडबडी जहाज खरिद अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नभएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गर्नु भएको छ। उहाँले आफू प्रधानमन्त्री हुँदा कुनै पनि मन्त्रीस्तरीय निर्णय समेत नगरेको उल्लेख गर्नु भएको हो ।

धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले , ‘भर्खर प्रधानमन्त्री भएको बेला थियो । १९ मन्त्रालय मेरो जिम्मेवारीमा थिए । कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन । मैले मन्त्रीस्तरीय निर्णय पनि गरेको छैन ।’ उहाँले भने, ‘प्रचण्डजी प्रधानमन्त्री हुँदा नै सरकार जमानी बस्ने निर्णय गरेको छ । मैले कुनै निर्णय गरेको छैन । अनि मलाई किन दोष दिनेरु’

देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान गरेका र नेकपा कै अर्का अध्उक्ष केपी शर्माओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको जिकिर गर्नु भयो ।

नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय प्रधानमन्त्री देउवासँगै भएको बेला विमान खरिदका लागि रकम भुक्तानी भएको हालै सार्वजनिक भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here