वर्षासँगै रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा

बुटवल, १८ असार-लगातरको वर्षासँगै रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा परेका छन् । वर्षाका कारण बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार मानिने सिद्धार्थनगर नगरपालिकाका अधिकांश भूभाग डुबानमा परेको छ ।

भैरहवाको मुख्य बजार बैंकरोड, कमलपथ, जनकपथ, भैरहवा गाउँ, मालटोल, ज्योतिपथ, बेलहियाको ज्ञानपथ, कोटहमीमाई पथ, अन्नपूर्ण टोल, गल्लामण्डी, गोलीगढ, बुद्धपथ, गौमुखी क्लोनी, बैंक कलोनी क्षेत्र बढी डुबानमा परेका छन् । डुबानमा नगर उपप्रमुख उमा काफ्लेको घरसमेत परेको छ ।

लगातारको वर्षा र नेपाल–भारत सीमा क्षेत्र फरेनामा भारतीय पक्षले निर्माण गरेको बाँध समयमा नखोलिदिँदा भैरहवा जलमग्न हुन पुगेको हो । अहिले नेपाली पक्षले धेरै प्रयास गरेपछि बाँध खुलेको छ । त्यसपछि डुबान भएको पानी विस्तारै घट्दै गएको छ ।

सिनपामा केही वर्षदेखि अर्बौ रकम खर्चेर एसियाली विकास बैंक ९एडिबी०ले ढल निकास र नाला बनाएको भएता पनि त्यसको वैज्ञानिकता नहुँदा समस्या निम्तिएको बताइएको छ ।

नगरमा धेरै निर्माणका कार्य भइरहेकाले केही क्षेत्र जलमग्न भएको प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । उहाँले प्राकृतिक समस्याको प्राविधिक निकास खोज्दै डुबान समस्याको समाधान खोजिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here