वर्तमान सरकार देशलाई दुर्घटना तर्फ धकेल्दै छः अध्यक्ष थापा

बुटवल,२८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको सहमतिले देशलाई दुर्घटनामा फसाउने दाबी गर्नुभएको छ ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सरकार र राउतबीचको सहमतिको ‘दस्तावेजका बुँदाहरु सरल ढंगले लेख्न सकिनेभएपनि लुकाएर, छिपाएर, छलछाम, जालझेल र अमूर्त ढंगले लेखिनु आपत्ती जनक भएको उल्लेख गर्नुभयो । मधेसमा सिके राउत पुग्दा नाराबाजीसहित फ्रि मधेसको झन्डा प्रयोग हुँदा पनि सरकार मूकदर्शक बनेको भन्दै थापाले स्वतन्त्र मधेस गठबन्धनलाई सरकारले बढी सम्मान गरेको बताउनुभयो ।
सरकारले विखण्डनलाई स्वीकार गरेर सहमति गरेकोमा आपत्ति जनाउँदै उहाँले शक्ति र प्रेरणाले सहमति भयो भन्दै प्रतिप्रश्न गर्नुभयो । उहाँले देशमा सानै भए पनि विखण्डनकारी तत्व सल्बलाइरहेका समयमा नेपाल हिन्दु राष्ट्र बनाइछाड्ने भन्दै थापाले हिन्दु राज्यको पक्षमा देशभर जनलहर बढेको समेत दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here