काठमाडौं,२२ असारःवन तथा वातावरण क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले मनोमानी गर्दै आएका छन् । सम्बन्धित मन्त्रालयलाई समेत कुनै जानकारी नदिई आइएनजिओहरूले मानोमानी गरिरहेको वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।
वन वातावरण क्षेत्रमा काम गरे पनि आइएनजिओले कति बजेट कहाँ खर्च गर्दै छन् भन्ने विषयमा मन्त्रालय अनविज्ञ छ । नेपालको वन तथा वातावरण क्षेत्रमा आइएनजिओले १ खर्ब ८८ अर्ब २३ करोड ५० लाख ४२ हजार अर्थात् १ अर्ब ७५ करोड ९२ लाख ६ हजार डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

