कञ्चनपुर,१४ मंसिर– कञ्चनपुरको भिमदत्तनगर–५ वनगाउँमा बम फेला परेको छ । बिहीबार बिहान गड्डाचौकी–महेन्द्रनगर सडक किनारमा रातो कपडामा बेरेर राखेको अवस्थामा हक्स बम फेला परेको हो ।
बिहानै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद बस्तुको वारेमा जानकारी पाएलगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली बम रहेको स्थानमा पुगेको थियो ।
नेपाली सेनाको टोलीले बमलाई निष्कृय तुल्याएको छ । आगामी २१ गते हुने दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न र स्थानीयलाई त्रसित बनाउन चुनाव विरोधी समूहले बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।

