वडा सदस्यमाथि गोली प्रहार, अबस्था गम्भीर

धादिङ,१९ असार ।  धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ का वडा सदस्यमाथि गोली प्रहार भएको छ । सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको प्रहरीले बताएको छ ।

उनलाई हिजो बेलुकी ८ बजे खाना खाँदै गरेको बेला इन्द्र बहादुर चेपाङले गोली हानी भागेको रोराङ वडा नम्वर ७ का अध्यक्ष हिरालाल थपलियाले जानकारी दिनुभयो ।

रामजीलाई भरुवा बन्दुकले हानिएको गोलीले टाउकोमा लागेको छ । अहिले उनको काठमाडौँ मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । गोली हान्ने इन्द्र प्रहरीको खोजिमा रहेका व्यक्ती रहेको बताइएको छ । आन्तरिक रिसिविका कारण गोली हानेको हुन सक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here