वडा कार्यालयमै अज्ञात समूहद्धारा आगजनी

web photo

डोटी,२४ बैशाख । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । कार्यालयको ढोका फोडेर कागजात र फर्निचरहरुमा आगजनी गरिएको हो ।

वडा नं। ४ का अध्यक्ष विरेन्द्र बहादुर कोटकेनीले वडा कार्यालय गाउँभन्दा अलि टाढा भएकाले कसले जलायो भन्ने थाहा नभएको बताउनुभयो । उहाँले सबै कागजातहरु र फर्निचरहरु जलेर खरानी भएको बताउनुभयो ।

घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय वीपीनगरबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।

बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले यस बिषयमा गाउँपालिकाले पनि टोली गठन गरेर छानबिन गर्ने बाताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here