ओखलढुंगा,२७ पुस । वडा अध्यक्षको सही किर्ते गरेको बारेमा जिल्ला प्रशासन कार्यालय ओखलढुङगाले छानविन सुरु गरेको छ । चम्पादेवी गाउँपालिका–६ का अध्यक्ष तिलबकहादुर खड्काको सही किर्ते गरेर योजनाको रकम निकाशा गरेको विषयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले छानबिन थालेको हो ।
गाउँपालिकाबाटै वडा अध्यक्षको सही किर्ते गरेर वडा अध्यक्ष सिफारिस बनाइ योजनाको रकम भूक्तिानी लिएको उजुरी परेपछि छानविन थालेको हो । वडा नं. ६ को दमाइघुम्ती–काफलबोट–देउराली सडक योजनाको किस्ता निकासा गर्दा अध्यक्षको सही किर्ते गरेर रकम निकासा गरेको पाइएपछि उजुरी परेको वडा नम्बर ६ का वडा अध्यक्ष तिलकबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ’मेरो सही गरेर सिफारिस बनाइ रकम भूक्तानी लिएपछि मात्रै थाहा भयो, त्यो योजनामा अनियमितता गर्न यस्तो किर्ते गरेका हुन, छानविन हुनुपर्छ।’ चम्पादेवी गाउँपालिकामा आर्थिक अनियमिमता भएको, सही समेत किर्ते हुन थालेको, गाउँपालिकाको जग्गा सम्याउने योजनामा उपभोक्ता समिति नै नबनि ठेकेदारलाई सिधै रकम भुक्तानी गरेको विषयमा छानविन गर्न माग गर्दै नेकपाका स्थानीय नेता कमलबहादुर खड्काले उजुरी दर्ता गरेका गर्नुभएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौड्यालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति निर्माण गरिएको छ ।

