लोकसेवाद्धारा नतिजा प्रकाशित नगर्दा सकस

काठमाडौं, २४ चैत–  लोकसेवा आयोगले अन्तरवार्ता भएको ६ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नगर्दा परीक्षामा सहभागी उम्मेदवार मर्कामा परेका छन् ।

आयोगले स्वास्थ्य सेवातर्फको पाचौँ तहको हेल्थ असिस्टेन्ट पदको गत कात्तिकमा अन्तवार्ता सम्पन्न गरेपनि नतिजा अहिलेसम्म प्रकाशन नगर्दा उम्मेदवार मर्कामा परेका हुन् ।
अन्तवार्ता भइसकेको अवस्थामा आयोगले अझैसम्म नतिजा ननिकाल्दा आफूहरु अन्यौलमा रहेको पीडित उम्मेदवार शंकर विष्टले बताउनुभयो ।

उहाँका अनुसार आयोगले सोही तहको मध्यमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्रको नतिजा प्रकाशन गरेपनि अन्य विकास क्षेत्रको नतिजा प्रकाशित नगर्दा करिव एक हजार उम्मेदवार पीडित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here